२९ आश्विन २०८३, बिहिबार

दोलखामा माओवादीका उम्मेदवार कार्कीलाई पछाडि पार्दै अगाडि लागे एमालेका शिवाकोटी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । दोलखामा मतगणना जारी रहेको छ ।

जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले सुरुवातबाटै अग्रता बनाएका माओवादी केन्द्रका गंगा कार्कीलाई पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार शिवाकोटीले १७ हजार ५ सय २८ मत पाएका छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २ हजार ४ सय ६० मत पाएका छन् ।