शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

धनराजलाई ‘पितृ’हरूले समेत भोट हालेको पुष्टि भएपछि पद्मा अर्यालले के भनिन् ?

दैनिक नेपाल २०७९ मंसिर १७ गते २३:१०

काठमाडौं, १७ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् एमाले सचिव पदमा कुमारी अर्यालले स्याङ्जा–२ का विभिन्न बुथमा धाँदली हुनाका साथै मृत्यु भएका व्यक्तिहरूको नाममा समेत मतदान भएको परिणामले पुष्टि गरेको बताएकी छिन् ।

गठबन्धनका उम्मेदवारहरूले सत्ता र शक्तिको बलमा एकलौटी मतदान गरी जनताको मताधिकार हनन् गरेको आरोप लगाउँदै चरम धाँदली भएको तथ्य मतपरिणामले पुष्टि गरेको बताएकी हुन् ।

चापाकोट नगरपालिका–३ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि एमालेलाई समान १०३ मत र गठबन्धनका उम्मेदवारहरूलाई समान १ हजार ४२६ मत प्राप्त हुनु गठबन्धनले गरेको धाँदली पुष्टि भएको उनको भनाइ छ ।

चापाकोट–३ मा देखिएको अस्वाभाविक मतपरिणामलाई लिएर अर्यालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

‘स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २, प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (ख) मा पटाक्षेप भइरहेका संयोगका श्रृङ्खलाहरूलाई नियालीरहेकी छु,’ उनले लेखेकी छिन्, ‘चापाकोटका चार बुथमा कसले कहाँबाट कसरी भोट हाल्यो भन्ने रहस्य निर्वाचनका अध्येताहरूले उदेक मान्दै हेरिनै रहनुहोला ।’

यस्तै उनले गठबन्धन र एमालेका उम्मेदवारलाई समान मत आउनु अस्वाभाविक भएको भन्दै लेखेकी छिन्, ‘चापाकोटको ३ नं वडाका मतदान केन्द्रमा ‘अदृश्य हात’ हरूले १०३ मत हामी समेतलाई भाग लगाइदिएका रहेछन् । यस सदाशयताका लागि धन्यवाद ! ती १०३ विद्रोहीप्रति हामी आभारी छौँ ।’

एमालेले स्याङ्जा–२ का विभिन्न मतदान केन्द्रमा सत्ता र शक्तिको दुरुपयोग गरी जनताको मताधिकार हनन् र बुथ कब्जा गरेको गरेको भन्दै पुन: मतदान गर्नुपर्ने माग गरेको थियो । तर, निर्वाचन आयोगले मतदान नभइ मतगणना गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित