
काठमाडौं, १७ मंसिर । राप्रपाका प्रवक्ता एवम् जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसी लगायत काण्डहरुबिरुद्ध संसदको पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन् ।
उनले अहिलको मुख्य काम नै भ्रष्टाचारविरुद्ध लड्ने भएको जिकिर गरे । वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने उनको भनाइ छ ।
अहिले पनि युवाहरु रोजगारीका निम्ति विदेशीन बाध्य भएको भन्दै रोजगारी सृजना गर्न लडाइ गर्ने र आवश्यक कानून बनाउने उनले बताए । केही कानूनलाई संशोधन गरेर ठूला अपराधीहरुलाई जेल हाल्ने चेतावनी उनको छ ।















प्रतिक्रिया