१ कार्तिक २०८३, आइतबार

दोलखा अपडेट : बालकृष्ण शिबाकोटीले घटाए मतान्तर

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १७ मंसिर । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका बालकृष्ण शिबाकोटीले प्रतिस्पर्धीसँगको मतान्तर घटाउँदै लगेका छन् ।

मतगणनाको सुरुवातमा करिब २ हजार मतले पछि परेका शिबाकोटी अहिले ५८६ मतले मात्रै पछि परेका छन् ।

पछिल्लो परिणाम अनुसार गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी नेता गंगा कार्कीले १३ हजार ३०० मत प्राप्त गरी अग्रता काम राखेका छन् भने शिबाकोटी १२ हजार ७१४ मतका साथ निरन्तर मतान्तर घटाइरहेका छन् ।

अहिले भीमेश्वर नगरपालिकाको मत गणना भइरहेको छ । दोलखामा ८५ हजार ३८८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।