
काठमाडौं, १७ मंसिर । जनमत पार्टीका अध्यक्ष सीके राउतले मंसिर ४ गते सम्पन्न निर्वाचनमा नयाँ दललाई विश्वास गरेर जनताले बहुआयामिक सन्देश दिएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राउतले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरेका हुन् ।
कार्यक्रममा उनले जनमत पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले जनतासँग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको भन्दै जनतासँग गरिएका प्रतिवद्धता इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।
निर्वाचनमा जित्दा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताएका छन् । राउतले आफूहरुले काम गर्न नसके देश र जनता निराशामा जाने भएकाले पाएको जिम्मेवारी गर वा मर को अवस्थामा पूरा गर्नुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया