
काठमाडौं, १७ मंसिर । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन साहको समर्थनमा उत्रिएका छन् ।
सम्पाङ केही समयअघिसम्म मेयर बालेनको आलोचना गर्नमै व्यस्त रहन्थे । साम्पाङले अहिले आफ्नो धार परिवर्तन गदै बालेनलाई समर्थन गरिहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले बालेनलाई घेराबन्दीमा पारिएको भन्दै अब स्वतन्त्रहरु एक जुट हुने बेला भएको उल्लेख गरेका छन् ।
साम्पाङले मेयर बालेनलाई अरुले साथ दिए पनि नदिएपनि आफूले साथ दिने बताएका छन् ।















प्रतिक्रिया