२९ आश्विन २०८३, बिहिबार

मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष रिसोर्टमा मृत फेला

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्। उनी सर्लाहीको लालबन्दीस्थित एक रिसोर्टमा मृत फेला परेका हुन् ।

भट्टराई नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन लालबन्दी आएका थिए । राति सुतेका भट्टराई बिहान कोठामै मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।