१ कार्तिक २०८३, आइतबार

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता, प्रदेशमा को–को ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ मंसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका हुन् ।

उनले ७ हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार ९८३ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा (१) मा नेकपा समाजवादीका नरेश शाहीले ५ हजार १३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीले ३ हजार ९२८ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका पदमबहादुर शाहीले ५ हजार ७७ मत प्राप्त गरेका छन् । एमालेका लालबहादुर थापाले ४ हजार ६८४ मत प्राप्त गरेका छन् ।