१ कार्तिक २०८३, आइतबार

दक्षिण कोरियासँग पोर्चुगल पराजित, उरुग्वे र घाना आउट

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको छ ।

खेलको सुरुवातमै अग्रता लिएको पोर्चुगललाई दक्षिण कोरियाले २–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै कोरिया नकआउट चरण अर्थात् अन्तिम १६ मा उक्लिएको छ । कोरियासँगको हारका बाबजुद पनि पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । डिओगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।

२७औं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ–ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।

दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले इन्ज्युरी समयमा गोल गर्दै खेललाई जिततर्फ उन्मुख गराए भने समूह समीकरणमा समेत अग्रता मिल्यो ।

समूहको अर्को खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गरे पनि दुबै टोली अन्तिम १६ मा पुग्नबाट रोकिए ।