
काठमाडौं, १६ मंसिर । बैतडीमा घाँटी रेटेर हत्या गरिएकी माया लुहारको मोबाइल फेला परेको छ । घटनास्थलनजिकै मोबाइल फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मायाँको फोन फेला परेसँगै घटनाको धेरै पक्ष सुल्झिने सम्भावना रहेको प्रहरीले जनाएको छ । मायाँको हत्या आरोपमा उनका आफन्तले शिवनाथ गाउँपालिका-४ सोलपलाका भरतराम कोलीविरुद्ध उजुरी दर्ता गराएका छन् ।
कोली सशस्त्र प्रहरीमा कार्यरत जवान हुन् । हाल उनी फरार रहेका छन् । संघीय निर्वाचनमा म्यादी प्रहरी बनेर खटिएकी मायाको कोलीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ ।
कोलीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । कोली भारत भाग्न सक्ने आशंकामा सीमा नाकामा सुक्ष्म निगरानी राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया