शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सन्तोष सेनविरुद्ध झण्डै ५ करोड ठगीको उजुरी

दैनिक नेपाल २०७९ मंसिर १६ गते १३:५२

काठमाडौं, १६ मंसिर । चलचित्र निर्माता सन्तोष सेनविरुद्व उजुरी परेको छ ।

फिल्म ‘प्रेम गीत ३’ का निर्माता रहेका सेनविरुद्ध चलचित्र निर्माण संघमा ठगीको उजुरी परेको हो । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।

राईले बारम्बार ताकेता गर्दा फोन नउठाउने, घरमा जाँदा भेटसम्म नदिएको र आफ्नो पैसा सेनले पचाउन खोजेको आरोप उजुरीमा लगाएका छन् ।

उजुरीमा नायक प्रदीप खड्का लगायतलाई मुम्बई पठाउनका लागि आफूले ४ लाख ५० हजार खर्चसमेत गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित