२९ आश्विन २०८३, बिहिबार

दोलखा मतगणना: माओवादीका कार्कीको अग्रता, पछ्याँदै एमालेका शिवाकोटी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म चार हजार ४ सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत पाएका छन् ।

प्रदेशसभा (१) मा ३ हजार ९ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २ हजार एक सय ८३ मत पाएका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १ हजार तीन २७ मत पाएका छन् ।

यता प्रदेश सभा २ मा भने नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । ४ हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत पाएका छन् ।