
काठमाडौं, १६ मंसिर । बाजुराको मतगणना रोकिएको छ । हिमाली गाउँपालिका-६ स्थित मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मतपत्र भेटिएपछि गणना रोकिएको हो ।
प्रतिनिधिसभातर्फको मतगणना गर्दा मुचुल्का गरेको भन्दा ४० मतपत्र बढी भेटिएपछि गणना रोकिएको हो ।
हालसम्मको मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले पछ्याइरहेका छन् ।
कांग्रेसका पाण्डेले ५ हजार ४ सय १९ मत पाउँदा एमालेका थापाले ४ हजार १ सय २९ मत पाएका छन् ।















प्रतिक्रिया