
काठमाडौं, १६ मंसिर । कैलालीको धनगढीमा बिहीबार ग्रेडरको ठक्करबाट बालिका चेतना साउदको मृत्यु भएपछि सुरु भएको प्रदर्शन अझै साम्य हुन सकेको छैन ।
विद्यार्थीहरुले शुक्रबार पनि प्रदर्शन जारी राखेका छन् । यसैबीच प्रहरीले ५ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययनरत रहेकी साउदलाई साइकलमा विद्यालय गइरहेका बेलामा ग्रेडररले ठक्कर दिएको थियो ।
प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले धनगढीमा निषेधाज्ञासमेत जारी गरेको थियो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई नै प्रहरीले पक्राउ गरेपछि अहिले अभिभावक नै प्रदर्शनमा उत्रिएका छन् ।















प्रतिक्रिया