२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेका बेला आगामी सरकार गठनका लागि मुख्य राजनीतिक दलहरुको दौडधुप बाक्लिएको छ ।

मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले साना दलका नेताहरुलाई फकाउने क्रम बढेको छ । यसैबीच बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा देउवाले राउतलाई आगामी सरकार निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । राउतले पनि गठबन्धनमा सामेल हुन तयार रहेको बताएका थिए ।

यस्तै, बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच पनि भेटवार्ता भएको छ ।

दुई नेताबीच आगामी सरकार गठनकै विषयमा छलफल भएको जानकारी दिइएको छ ।

यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–

१. गठबन्धनलाई निरन्तरता : माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच आगामी सरकार गठनका विषयमा छलफल, अहिलेकै गठबन्धनबाट नयाँ सरकार भन्ने प्रचण्डको दाबी ।

२. सीके राउत र प्रधानमन्त्री देउवाबीच भेट : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनमत पार्टीकाअध्यक्ष सीके राउतबालुवाटार पुगे, गठबन्धनमा सामेल हुनतयार रहेको भनाइ ।

३. मन्त्रीकार्कीको सकसपूर्ण जित : सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट विजयी, १ सय १२ मतले एमालेका जगदीश प्रसाद कुसयैत पराजित ।

४. धाँदलीपछि पुन:मतदान :  मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनले दोलखामा धाँदली गरेपछि दुई गाउँपालिकाका १० वटा मतदान केन्द्रमा आज पुन: मतदान सम्पन्न । स्याङ्जा र बाजुरामा मतगणना जारी ।

५. एमाले बन्यो प्रमुख पार्टी :  प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले पायो सर्वाधिक लोकप्रिय मत, कांग्रेस दोस्रो, माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा ।

६. कला र संस्कृतिहाम्रो पहिचान :  कला र संस्कृतिले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड ।

७. दुर्घटनामा बालिकाको मृत्यु :  ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन् ।

८. सशस्त्रका जवानबाटै हत्या ! :  बैतडीमा २१ वर्षीया माया लोहारको हत्या भएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान,सशस्त्र प्रहरी बलका जवानले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष ।

९. नाफामा प्राधिकरण :  देशमाविद्यु्त् उत्पादनको क्षमता वृद्धिसँगै नेपाल विद्युत् प्राधिकरण नाफामा, तीन महिनामै कमायो साढे ८ अर्बरुपैयाँ।

१०. सङ्कट होइन चुनौती हो : मुलुकको अर्थतन्त्र सङ्कटमा नभएको अर्थमन्त्रीजनार्दन शर्माको प्रष्टोक्ति, अर्थतन्त्रमाभएको चुनौतीलाई सङ्कटका रुपमा प्रचार गरेकामा असन्तुष्ट ।

११. हत्याआरोपमा वडाध्यक्ष पक्राउ :  चेतन ऐडीको हत्या आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाअध्यक्ष जुद्धबहादुर ऐडी पक्राउ, जुद्धबहादुर यसअघि पनि कुटपिटको आरोपमा पक्राउ परेको प्रहरीको भनाइ ।

१२. कोरोनाको कहर अझै बाँकी :  बुधबार नेपालमाथप ५ जनामाकोरोना संक्रमण पुष्टिहुँदा२४ जना संक्रमणमुक्त, हालसम्म १२ हजार १९ जनाले गुमाएज्यान ।

१३. बढ्यो नेप्से परिसूचक :  बिहीबार सेयर बजारको नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढ्यो, १अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार ।

१४. लुम्बिनी विजयी :  यू–१९पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले हरायो प्रदेश १ लाई, पाँच खेलमा लुम्बिनीले निकाल्यो चौथो जित ।

१५. पाकिस्तानमा मृत्यु, अफगानिस्तानमा आत्मसमर्पण :  पाकिस्तानी सेना र लडाकूबीच भएको झडपमा परी पाकिस्तानमा दुई जनाकोे मृत्यु,अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ जना लडाकूद्वारा आत्मसमर्पण ।