
काठमाडौं, १५ मंसिर । मंसिर ४ गते बजुरामा चेतन ऐडीको हत्या गरेको आरोपमा त्रिवेणी गाउँपालिका-७ का वडाध्यक्ष जुद्दबहादुर ऐडीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष ऐडीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
निर्वाचनका दिन घरमा सुतिरहेका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष ऐडीलाई घरमै कुटपिट गरि हत्या गरिएको थियो ।
चेतनका आफन्तले वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। पक्राउ परेका वडाध्यक्ष ऐडी यसअघि पनि मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।















प्रतिक्रिया