२९ आश्विन २०८३, बिहिबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता, के भयो कुराकानी ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बालुवाटारमा छलफल भएको छ ।

देउवालाई भेट्न राउत प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

देउवा र राउतबीच आगामी सरकार गठनमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

भेटमा नेपाली कांग्रेसका उपसभापति र नेता विमलेन्द्र निधी पनि सहभागी थिए ।