शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच सरकार गठनका विषयमा छलफल

दैनिक नेपाल २०७९ मंसिर १५ गते १७:५९

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न खड्का प्रचण्ड निवास खुमलटारमै पुगेका थिए । दुई नेताबीच आगामी सरकार गठनका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा प्रचण्डले अहिलेकै गठबन्धन निरन्तर रहने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित