बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बाजुरामा मतगणना सुरु

दैनिक नेपाल २०७९ मंसिर १५ गते १७:४९

काठमाडौं, १५ मंसिर । बाजुरामा मतगणना सुरु भएको छ । बिहीबार दिउँसो बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको हो ।

मंसिर ४ गते त्रिवेणी नगरपालिका वडा नम्बर-७ स्थित नाटेश्वरी मतदान केन्द्र ४ गते मतदानका क्रममा विवाद भएपछि मतगणना रोकिएको थियो ।

सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जीव ऐडीको मृत्यु भएको थियो ।

सोही दिन नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट नेकपा एमालेका विद्यार्थी नेताको मृत्यु भएपछि विवाद थप चर्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित