शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

त्रिभुवन विमानस्थलमा आज क्यालिब्रेसन फ्लाइट हुँदै

दैनिक नेपाल २०७९ मंसिर १५ गते १३:०१

काठमाडौं, १५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ ।

विमानस्थलको रन–वेको अन्तिम भागतर्फ जोडिएको लोकलाइजर उपकरण (आईएलएसको एक पक्ष) परीक्षणको लागि क्यालिब्रेसन उडान हुन लागेको हो ।

एरो थाइले क्यालिब्रेसन उडान गर्नेछ । क्यालिब्रेसनका कारण आजका उडानहरु प्रभावित हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित