बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कतार विश्वकप: आज चार खेल हुँदै, कुन-कुन देश भिड्दैछन् ?

दैनिक नेपाल २०७९ मंसिर १५ गते १२:३१

काठमाडौं, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् ।

आज समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । आजका खेलबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ ।

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनी बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२:४५ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित