
काठमाडौं, १५ मंसिर । पत्रकारिकताबाट राजनीतिमा आएको ९ जना पूर्वपत्रकारहरु यो पटक सांसद बनेका छन् ।
नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह पत्रकारिकताबाट राजनीतिमा आएका हुन् ।
यस्तै, नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सूर्य थापाको पनि पृष्ठभूमि पत्रकारिता नै हो । यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोही पार्टीकी नेत्री सोविता गौतम पनि पत्रकारिकताबाट नै संसदमा प्रवेश गरेका छन् ।
यी मध्ये केही राजनीतिमा लागेको लामो समय भइसकेको छ भने केही भर्खर मात्र राजनीतिमा पाइला टेकेका छन् ।
पत्रकारिकताबाट राजनीतिमा नयाँ पाइला चालेकाहरु कतिको सफल हुन्छन् भविष्यले बताउने छ ।















प्रतिक्रिया