२९ आश्विन २०८३, बिहिबार

विश्वकपमा आफ्नो देशले हारेको खुशी मनाएको भन्दै प्रहरीद्वारा गोली हानी हत्या

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ मा आफ्नो देशले हारेको खुसी मनाएको भन्दै इरानमा प्रहरीले एक व्यक्तिको गोली हानी हत्या गरेको छ ।

विश्वकपमा इरान अमेरिकासँग हारेपछि खुसी मनाएको भन्दै इरानी प्रहरीले मेहरान समकको गोली हानी हत्या गरेको हो । हारको खुसीमा उनले बन्दर अंजाली शहरको सडकमा गाडीको हर्न बजाएपछि प्रहरीले उनको निधारमा गोली हानेका थिए ।

देशका अन्य शहरहरुमा पनि इरानको हारको खुसी मनाएको भिडियोहरु सार्वजनिक भएका छन् ।

इरानमा १० हप्ता अघि हिसाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशभरी प्रदर्शन भइरहेको छ ।