शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ मंसिर १४ गते २१:३५

काठमाडौं, १४ मंसिर । आम निर्वाचन २०७९ को सम्पूर्ण मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेपछि दलहरू एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

दोलखा, स्याङ्जा र बाजुरालगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा पुनस् मतदान गर्न नपनेै भन्दै निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएको छ ।

यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–

१. एमालेको अग्रताकायमै : प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा –एमाले) को फराकिलो अग्रताकायमै, एमालेले २७ लाख मत पाउँदा कांग्रेसलाई २५ र माओवादीलाई ११ लाख, प्रदेश सभामा पनि एमाले नै अगाडि ।

२. महानगरलाई उपत्यकाविकास प्राधिकरणको साथ : काठमाडौं उपत्यकामा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन, प्राधिकरणले हटाउनुपरे अतिक्रमण गर्नेलाई खर्च व्यहोर्न लगाउने चेतावनी ।

३. विजयकुमार गच्छदारले हार स्वीकार्न नसकेपछि… : सुनसरीको दुहबीमा नेकपा एमालेको विजय र्‍यालीमा कांग्रेस कार्यकर्ताद्वारा आक्रमण,एमाले र कांग्रेसका एक दर्जन भन्दा बढी कार्यकर्ता घाइते ।

४. प्रधानमन्त्री बन्ने गगनको तयारी : प्रतिनिधि सभामा निर्वाचित भएसँगै संसदीय दलको चुनावको तयारीमा लागेको कांग्रेस महामन्त्री गगनथापाको भनाई, मन्त्रीपरिषदमा महिला सहभागीता शून्य हुने अवस्थालाई अन्त्य गर्नुपर्नेमा जोड ।

५. सुकुम्बासीलाई पक्राउ गर्न निर्देशन :  महानगर प्रहरीमाथि आक्रमण गर्ने सुकुम्बासी बस्तीका चारजनालाई पक्राउ गर्न काठमाडौं जिल्ला प्रसाशनको निर्देशन, बुधबार पनि सुकुम्बासीहरूले गरे महानगरविरुद्व प्रदर्शन ।

६. भएन कोरोनाको अन्त्य :  मंगलबार एक जनामाझरेको कोरोना सङ्क्रमितको संख्याबुधबार पुन: ७ जनामा उक्लियो, ३० जना भए संक्रमणमुक्त ।

७. पुन:मतदान गर्न नपर्ने : मतदान भएको दशौँ दिनमा बाजुरा र स्याङजा–२ मा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन, पुन: मतदान गर्न नपर्ने आयोगको निष्कर्ष ।

८. भोलि फेरि मतदान हुँदै :  गठबन्धनले धाँदली गरेको भन्दै दोलखाको दुई गाउँपालिकाका १० वटा मतदान केन्द्रमा भोलि पुन:मतदान हुँदै, अपहरित मताधिकार फिर्ता ल्याउनेको पक्षमा मतदान गर्न एमालेको आह्वान ।

९. निहारिकालाई न्याय कहिले ? :  निहारिका राजपूतको मुद्दालाई अग्राधिकार प्रदानगर्न जनकपुर उच्च अदालतको आदेश, मङ्सिर २१ गतेका लागि तोकियो पेशी ।

१०. विभत्स हत्या :  बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, अर्की युवती घाइते अवस्थामा फेला ।

११. आकस्मिक अवतरण :  जहाजभित्र धुँवा निस्किएपछि नेपालवायु सेवा निगमको न्यारोबडी विमान बंगलादेशमा आकस्मिक अवतरण, विमान तत्काल नउड्ने भएपछि १५२ जना यात्रु बंगलादेशमा अलपत्र ।

१२. सामान्य घट्यो नेप्से परिसूचक :  बुधबार पुँजीबजारमा सामान्य अङ्कको गिरावट, नेप्से तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ विन्दुमा कायम ।

१३. मधेश बाहिरियो :  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशलाई सुदूरपश्चिम प्रदेशले हरायो, हारसँगै मधेश प्रतियोगिताबाट बाहिरियो ।

१४. पूर्वराष्ट्रपतिको निधन :  रहेनन् चीनका पूर्वराष्ट्रपति चियाङ चेमिन, मल्टिपल अग्र्यान फेलरका कारण ९६ वर्षको उमेरमा बुधबार निधन ।

१५. युक्रेनलाई नेटोको थप सहयोग :  युक्रेनलाई थप हतियार उपलब्ध गराउने र ऊर्जा प्रणाली मर्मत गरिदिने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको घोषणा, मस्कोले जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको नेटोका प्रमुख यान्स स्टोलटेनबेर्गको आरोप ।

प्रतिक्रिया
सम्बन्धित