शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

क्यानडाको टोरण्टो र लण्डन शहरमा बृहत म्युजिकल नाईट हुँदै

दैनिक नेपाल २०७९ मंसिर १४ गते २१:१५

माठमाडौं, १४ मंसिर । क्यानडाको टोरण्टो र लण्डन शहरमा बृहत म्युजिकल नाईट हुने भएको छ । चर्चित युवा गायक शिव परियार र चर्चित लोक गायिका देवीका केसीको कार्यक्रममा विशेष प्रस्तुति रहने छ ।

टोरण्टो शहरमा यही डिसेम्बर २ तारेख शुक्रबार र लण्डन शहरमा डिसेम्बर १० तारेख शनिबार साँझ कार्यक्रम हुन लागेको हो । टोरण्टो शहरमा यही डिसेम्बर २ तारेख शुक्रबार हुने कार्यक्रम नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसिसिएस)ले आयोजनामा गरेको हो ।

टोरण्टो शहरको क्वीन प्यालेस बेन्क्युट हलमा हुने सो भब्य कार्यक्रममा चर्चित लोक शिव परियार, गायिका देवीका केसी सहितका कलाकार हरुको विशेष प्रस्तुति रहने छ ।

बेलुकी ६ बजेदेखि १२ बजेसम्म हुने डिनर सहितको कार्यक्रममा करिब १ दर्जन कलाकारको बिशेष प्रस्तुति रहने छ । त्यस्तै लण्डन शहरमा डिसेम्बर १० तारेख शनिबार साँझ हुने कार्यक्रममा पनि गायक शिव परियार, लोक गायिका देवीका केसी, ईरिक गिरी लगायतका कलाकार हरुको विशेष प्रस्तुति रहने बताईएको छ ।

बेलुका ४ बजे देखि १० बजेसम्म हुने सो कार्यक्रमको सम्पर्क ब्यक्ति पुष्प थापा रहनुभएको छ । लण्डन शहरमा हुने कार्यक्रम ‘भुट्नी्ज एण्ड नेपाली कम्युनिटी अफ लण्डन’ ले आयोजना गरेको छ भने सपोर्ट नेपाली बजारले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित