
काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफु संसदीय चुनावको तयारीमा लागेको बताएका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा बिजयी भएसंगै संसदीय दलको चुनावको तयारीमा रहेको बताएका हुन् ।
त्यस्तै महामन्त्री थापाले पाँच बर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए ।
कहिलेकाहीँ मन्त्रीपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।
थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया