२९ आश्विन २०८३, बिहिबार

निहारिका राजपुत प्रकरण: उच्च अदालत जनकपुरमा सुनुवाइ जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ मंसिर । कुमारी आमाको नामले परिचित निहारिका राजपुतको मुद्दामा उच्च अदालत जनकपुरमा आज सुनुवाइ भइरहेको छ ।

न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो । आफूलाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको भन्दै निहारिकाले आफ्ना प्रेमी शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।

बच्चासमेत जन्मिसकेको अवस्थामा धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै प्रतिवादी शिवराज श्रेष्ठलाई सफाई दिएको थियो ।

अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले उच्च अदालत जनकपुरमा मुद्वा दायर गरेकी थिइन् ।