
काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले बाजुरा र स्याङजा-२ मा मतगणना गर्न निर्देशन दिएको छ ।
आयोगको बुधबार बसेको बैठकले मतगणना सुरु गर्ने निर्णय गरेसँगै निर्देशन दिएको हो ।
यी दुई निर्वाचन क्षेत्रमा गठबन्धनले धाँधली गरेको भन्दै नेकपा एमाले लगायतका पार्टीले पुन मतदानको माग गर्दै आएका थिए ।
एमालेले गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुन: मतदानको माग गर्दै आयोगमा ध्यानकर्षण पत्रसमेत बुझाएको थियो ।















प्रतिक्रिया