२९ आश्विन २०८३, बिहिबार

बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

यी दुई जिल्लामा गठबन्धनले बुध कब्जा गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलले पुन: मतदानको माग गर्दै आएका थिए ।

आयोगको बुधबार बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिने निर्णय गरेको हो ।

एमालेले गठबन्धनले बुथ कब्जा गरेको भन्दै दुई जिल्लाका मतदान केन्द्रमा पुन: मतदानको माग गर्दै आयोगमा ध्यानकर्षण पत्रसमेत बुझाएको थियो ।