
काठमाडौं, १४ मंसिर । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय र्यालीमा आक्रमण हुँदा स्थिती तनावग्रस्त बनेको छ ।
एमालेबाट विजयी भगवती चौधरी, प्रदेश सभा सदस्यमा निर्वाचित रोहितबहादुर कार्कीको विजय र्यालीमा आक्रमण भएको हो ।
र्यालीमा आक्रमण गरेपछि एमालेका कार्यकर्ताले आक्रमणकारीमाथि जाइलाग्दा दोहोरो झडप भएको थियो । ढुंगा प्रहारबाट एमालेका ३ कार्यकर्ता घाइते भएका छन् ।
अहिले स्थिती नियन्त्रणमा आएको र त्यसक्षेत्रमा व्यपार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया