शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यू-१९ राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमले हरायो मधेशलाई

दैनिक नेपाल २०७९ मंसिर १४ गते १३:५९

काठाडौं, १४ मंसिर । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई पराजित गर्दै सुदूरपश्चिम एक खेल अगावै फाईनल पुगेको हो ।

फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा सुदूरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा मधेशले सुदूरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

सुदूरपश्चिमको जितमा दिपक बोहोराले ५८ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । मधेशका लागि अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

मधेशका लागि अलि अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे । पाँच खेलबाट सुदूरपश्चिमको १० अंक भएको छ । मधेश प्रदेश चार खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोलीले मंसिर १९ मा फाइनल खेल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

 

प्रतिक्रिया
सम्बन्धित