बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि

दैनिक नेपाल २०७९ मंसिर १४ गते ६:४५

ओटावा, १४ मंसिर ।  क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ  । मंगलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।

यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरूमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरू प्रमुख रहेका छन् ।

विश्लेषक रोयस मेन्डेसका अनुसार “ठोस वृद्धि,“ लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः “बाह्य माग र अस्थिर वर्गहरू” बाट आएको देखिन्छ ।

धेरै अर्थशास्त्रीहरूले क्यानाडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन् । जबकि सरकारले सन् २०२२ मा ३.९ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित