शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अनेसास सम्मेलन बोस्टनमा हुने

दैनिक नेपाल २०७९ मंसिर १३ गते २१:२३

अमेरिका, १३ मंसिर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आगामी मार्च १०–१२ मा पाँचौं च्याप्टर र महिला सम्मेलन गर्ने भएको छ ।

प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूमबाट गरिएको थियो । कार्यक्रमका लागि होलीडे–इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने बताइएको छ ।

तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ । प्रथम च्याप्टर सम्मेलन २०१६मा क्यालिफोर्नियामा आयोजना गरिएको थियो भने न्यूयोर्कमा महिला सम्मेलन गरिएको थियो । यसपटक दुईवटा सम्मेलन एकैपटक गर्न लागिएको हो ।

सहभागिताको लागि च्याप्टरहरूलाई पत्राचार गरिसकिएको अनेसास महासचिव विमला निरौलाले बताइन् । च्याप्टर सम्मेलनको लागि अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुनको संयोजकत्वमा समिति गठन भइसकेको छ । महिला सम्मेलनको लागि महिला समिति संयोजक अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले संयोजन गरिरहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका च्याप्टरका गतिविधिहरू र महिला साहित्यकारका बारेमा कार्यपत्र प्रस्तुत र विश्वकाव्य गोष्ठी गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित