२९ आश्विन २०८३, बिहिबार

हनुमानढोकामा एक जना मृत अवस्थामा फेला

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । काठमाडौँ एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यता, जाजरकोटको भेरी नगरपालिका-१ बस्ने ५० वर्षीया दुर्पता रावत रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।