
काठमाडौं, १३ मंसिर । नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको पुष्टि भएपछि विश्वभर चर्को आलोचना खेपिरहेकी कितिया पाव्लोस्कीले मुख खोलेकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै पाव्लोस्कीले आफ्ना केही तस्वीरहरु सम्पादित भएपनि सबै भने सम्पादित नभएको बताएकी छिन् । उनले आफू पत्रकार नभएको र कहिले पनि आफूले खिचेको तस्वीर आफ्नो भनेरसमेत नभनेको बताएकी छिन् ।
उनले हिउँ चितुवाको तस्वीर सक्कली नै भएको दाबी गरेकी छिन् । यो तस्वीर लिनका लागि १ सय ३ माइल हिँड्नु परेको उनले बताएकी छिन् । ‘यो सबै सत्य हो । सबै तस्वीरहरु मैले नै खिचेको हो, उनले लेखेकी छिन् ।’
उनले आफ्नो उदेश्य हिउँ चितुवाको संरक्षण गर्नुपर्छ भन्ने रहेको पनि उनले उल्लेख गरेकी छिन् । अहिले आफूलाई धेरै धम्कीहरु आइरहेको भन्दै उनले आफ्ना सबै सामाजिक सञ्जालहरु बन्द गरेको पनि बताएकी छिन् ।















प्रतिक्रिया