बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: बागमतीले हरायो कर्णालीलाई

दैनिक नेपाल २०७९ मंसिर १३ गते १७:४६

काठमाडौं, १३ मंसिर । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णालीलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको हो । अपराजित बागमती आजको खेलमा जित हात पारेर ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित