शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुकुम्बासीले घेरे काठमाडौं महानगर

दैनिक नेपाल २०७९ मंसिर १३ गते ११:५७

काठमाडौं, १३ मंसिर । थापाथलीस्थित सकुम्बासी बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

काठमाडौं महानगले सोमबार बस्ती हटाउने प्रयास गरेपछि सुकुम्बासीले आज महानगर घेराउ गरेका हुन् । सोमबार बस्ती हटाउन पुगेका नगरप्रहरी र स्थानीयबीच झडप भएको थियो ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गर्न अल्मिेटम दिएकोमा खाली नगरेपछि महानगरले खाली गर्ने प्रयास गरेको थियो ।

झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए । सुकुम्बासीहरुले महानगरविरुद्व चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित