
काठमाडौं, १३ मंसिर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरु भएको छ ।
क्षेत्र नम्बर १ को २ अन्तर्गतका प्रदेश सभाको १ सय मत बदर गर्ने सहमति भएपछि मतगणना पुन सुरु भएको हो ।
प्रदेश सभा १ को मत प्रतिनिधि सभामा मिसिएको भेटिएपछि विवाद भएको थियो । प्रदेश सभा २ तर्फका १ सय वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको हो ।
उदयपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का र एमालेकी मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसका खड्काले अग्रता बनाइरहेका छन् ।















प्रतिक्रिया