बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘न्याय चाहियो’ भन्दै एक युवतीले सर्वोच्चको गेटमा रातो रंग फ्याँकेपछि…

दैनिक नेपाल २०७९ मंसिर १३ गते १०:५६

काठमाडौं, १३ मंसिर । मंगलबार बिहानै सर्वोच्च अदालतको गेटमा एक युवतीले न्यायको माग गर्दै रातो रंग फ्याँकेकी छिन् ।

सिराहाकी विनु यादवले न्यायको माग गर्दै सर्वोच्चको गेटमा रंग फ्याँकेकी हुन् । काका ससुराले बलात्कारको प्रयास गरेको र श्रीमानबाट हिंसामा परेको भन्दै लामो समयदेखि संघर्षरत यादवले मंगलबार बिहान सर्वोच्चमा पुगेर अनौठो प्रदर्शन गरेकी हुन् ।

पुरै सेतो कपडामा सर्वोच्च पुगेकी यादवको साथमा महिला अधिकारकर्मी बिनु अधिकारी पनि थिइन् । यादवले सर्वोच्चको गेटमा पुगेर एक भाँडो रातो रंग फ्याँक्नदै ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याएकी थिइन् । त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादवले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । बिनुको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

यादवले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको, श्रीमानले हिंसा गरेको आरोप लगाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित