
काठमाडौं, १२ मंसिर । सनसरी निर्वाचन क्षेत्र नम्बर ४ का विवादित केन्द्रका मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले विवादित केन्द्रमा मात्रै पुन: मतगणना गराउन निर्देशन दिएको हो । सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्कीले मतगणनाका क्रममा ६०० मत एमालेतर्फ जोडेको आरोप लगाएपछि ३ दिनदेखि मतगणना रोकिएको छ ।
उनले आयोगकै मिलेमतोमा ६०६ मत एमाले उम्मेदवारका पक्षमा जोडेको आरोप लगाउँदै आएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।















प्रतिक्रिया