शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३४ जना सङ्क्रमणमुक्त

दैनिक नेपाल २०७९ मंसिर १२ गते १५:४९

काठमाडौं, १२ मंसिर । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ६ सय १५ पीसीआर परीक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित