२९ आश्विन २०८३, बिहिबार

विश्वकपमा बेल्जियम मोरक्कोसँग हारेपछि भड्कियो हिंसा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम मोरक्कोसँग हारेपछि बेल्जियममा हिंसा भड्किएको छ ।

बेल्जियमले खेल हारेपछि आक्रोशित समूहले ब्रसेल्सको सडकमा उत्रिएर गाडिहरुमा तोडफोड तथा आगजनी गरेका हुन् ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोज्ने क्रममा भिडले प्रहरीमाथि नै आक्रमण गरेका छन् । प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

हिंसा नियन्त्रणमा लिन प्रहरीले पानी र अश्रु ग्यास प्रहार गरेको थियो ।