२९ आश्विन २०८३, बिहिबार

कतार विश्वकप: आज कुन-कुन देश भिड्दैछन् ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् ।

आज समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ ।

क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछन् । दोस्रो खेलमा समूह ‘एच’ को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । घाना र दक्षिण कोरिया पनि पहिलो जितको खोजीमा हुनेछन् ।

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो ।

स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पहिलो जितको योजनामा रहेको छ ।