२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेलको दौडधुप, माधव नेपाललाई भेटेर भने-मलाई सहयोग गर्नुपर्‍यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो सक्रियता बढाएका छन् ।

आगामी सरकार गठनका लागि पौडेलले आफ्नो सक्रियता बढाएका हुन् । सोमबार बिहानै नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पौडेल नेपाल निवास कोटेश्वरमै पुगेका थिए ।

पौडेलले यो पटक प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेका छन् । जसले गर्दा उनले विभिन्न दलका नेताहरुलाई भेटेर सहयोगका लागि आग्रह गरिरहेका छन् ।

भेटमा नेपालले पौडेललाई प्रधानमन्त्री बनाउनेमा सकारात्मक रहेको जवाफ दिएका बताइएको छ । नेता नेपालले अहिलेको सत्ता गठबन्धन निरन्तरता दिनुपर्नेमा पनि जोड दिएका थिए ।