२ मंसिर २०८३, बुधबार

यस्तो छ आजको मौसम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

२०७९ मंसिर १२ गते  (सोमबार)

दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी  भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श :

तराई  भू-भागमा हुस्सु/कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक साबधानी अपनाउनु हुन अनुरोध छ ।