२ मंसिर २०८३, बुधबार

समानुपातिक मतगणना: रास्वपा तेस्रो स्थानमा उक्लियो, माओवादी चौथोमा झर्यो

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः तेस्रो स्थानमा आएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार रास्वपा १० लाख ४९ हजार २८३ मतसहित तेस्रो स्थानमा आएको हो ।

यसअघि नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । आयोगका अनुसार माओवादी केन्द्र १० लाख ३७ हजार ८४३ मतसहति चौथो स्थानमा रहेको छ ।

जारी समानुपातिक मतगणनामा नेकपा एमाले २४ लाख ७९ हजार ९ सय मतसहित पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस २३ लाख ५७ हजार ८१७ मतसहित दोस्रो स्थानमा रहेको छ ।