बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चितवनमा रहेको रवि लामिछानेको पार्टी कार्यालयमा आगलागी

दैनिक नेपाल २०७९ मंसिर ११ गते ११:५१

काठमाडौं, ११ मंसिर । रवि लामिछाने अध्यक्ष रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित जिल्ला पार्टी कार्यालयमा आगलागी भएको छ ।

भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगलागी भएको हो । आगलागीबाट कार्यालयभित्र रहेको कुर्सी, झण्डा लगायतका सामग्रीहरु जलेका छन् ।

कार्यालयको ढोका बाहिरबाटै लगाइएको अवस्थामा भित्र आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

व्यक्तिले आगलागी गरेको नभई विद्युत सर्ट लगायत भित्री कारणबाट नै आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित