बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रतिनिधि सभातर्फको समानुपातिकमा एमालेले कटायो २३ लाख ६ हजार मत, अन्यले कति मत पाए ?

दैनिक नेपाल २०७९ मंसिर ११ गते १०:३४

 

काठमाडौं, ११ मंसिर । जारी मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेले २३ लाख ६ हजार मत कटाएको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत पाउँदै आफूलाई शिर्ष स्थानमा कायमै राखिरहेको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत पाएको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले हालसम्म ९ लाख ६८ हजार ५ सय ९३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ । रास्वपाले हालसम्म ९ लाख २५ हजार ३३ मत पाएको छ ।

निर्वाचन आयोगकाअनुसार पाचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाले हालसम्म ४ लाख ८७ हजार ४ सय ८४ मत पाएको छ । यस्तै, छैठौँ स्थानमा जनता समाजवादी पार्टी रहेको छ । जसपाले २ लाख ८८ हजार १ सय ६२ मत पाएको छ ।

सातौँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख २२ हजार २ सय ३४ मत पाएको छ । यस्तै, आठौँ स्थानमा रहेको जनमत पार्टीले २ लाख २२ हजार २ सय २५ मत पाएको छ ।

नवौँमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । यसले हालसम्म १ लाख ९९ हजार ७९ मत पाएको छ । दशौँ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेको छ ।

लोसपाले हालसम्म १ लाख २० हजार ७१ मत पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित