
महोत्तरी, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।
महोत्तरी–१ बाट उम्मेदवार बनेका पोखरेल नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो काेइरीसँग पराजित भएका हुन् ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार एमालेका महतोले आफ्ना निकटतम् प्रतिष्पर्धी माओवादीका पोखरेललाई १ हजार ३० मतले पराजित गर्दै विजयी भएका हुन् ।
एमालेका महतोले २३ हजार ४ सय २ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरे ।













प्रतिक्रिया