
काठमाडौं, १० मंसिर । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा महिन्द्र राय यादव निर्वाचित भएका छन् ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका नेता यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।
यादवले २३ हजार ५ सय २९ मत पाए भने निकटतम प्रतिद्वन्दी लोसपाका महतोले २१ हजार ५ सय १८ मत प्राप्त गरे ।















प्रतिक्रिया